गृहपृष्ठ हुण्डाईको नयाँ थ्री एसु सेन्टर वीरगन्जमा
हुण्डाईको नयाँ थ्री एसु सेन्टर वीरगन्जमा
नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वीरगन्जस्थित आफ्नो डिलर अर्किड्स मोटोकर्प प्रालिको संयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ । वीरगन्ज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित सो डिलरसिपको स्थापना गरिएको हो कम्पनीले नजाएको छ ।
थ्री एस सेन्टरको उद्घाटन विन्देश्वर प्रसादसाह तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरे । वीरगन्जको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरको सोरुममा ३ देखि ४ वटासम्म गाडी डिस्प्ले गरिने, उत्कृष्ट तालिम प्राप्त प्राविधिक तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज छ ।
यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङको व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टरमार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपत्यकाबाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, विराटनगर, धनगढी, इटहरी, नेपालगन्ज र वीरगन्ज जस्ता प्रमुख सहरमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।
प्रकाशित समय १९:२५ बजे

















