गृहपृष्ठ दिगो विकासको लक्ष्य प्राप्तिमा यति एयरलाइन्सको साथ

दिगो विकासको लक्ष्य प्राप्तिमा यति एयरलाइन्सको साथ

नेपालको प्रभावकारी हवाई सेवा प्रदायक यति एयरलाइन्सदले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको बुँदा ५ अनुुसार लैंगिक समानता अभिवृद्धि र महिलाहरुको वृत्ति विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

चालक दलमा सम्पूर्ण महिला सदस्यसहितको टोली र संयुक्त राष्ट्र संघकी उपमहासचिव अमिना जाने मोहम्मद र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि भालेरिया जुलियाण्डसहित राष्ट्र संघका महिला पदाधिकारीहरुको टोलीलाई सेवा प्रदान गर्दै यतिले यस्तो प्रतिबद्धता जनाएको हो ।

यति एयरलाईन्सका अनुसार व्यापार, व्यवसाय र नेतृत्वमा महिलाहरुलाई प्रोत्साहित र सम्मान गर्नु स्वारोक्ति सेवाको उद्देश्य थियो ।

 

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु