गृहपृष्ठ बागमती सरसफाइ अभियानलाई नेपाल टेलिकमको सहयोग

बागमती सरसफाइ अभियानलाई नेपाल टेलिकमको सहयोग

nepal-telecome-newskarobar

नेपाल टेलिकमले बागमती सरसफाइ अभियानमा आवश्यक सामग्री सहयोग गरेको छ । बागमती सफाइ महाअभियान आरम्भ भएको ३००औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरेका हुन् । कम्पनीले कार्यक्रमका लागि मञ्चको व्यवस्थापनसमेत गरेको थियो ।

कार्यक्रममा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक अधिकारीलाई सो प्रशंसा पत्र प्रदान गरेका हुन् ।

सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको/थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु