गृहपृष्ठ महोत्तरी र रामेछापमा लक्ष्मी बैंक
महोत्तरी र रामेछापमा लक्ष्मी बैंक
काठमाडौं । लक्ष्मी बैंकले महोत्तरीको मनरा र रामेछापको खाँडा देवी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
यी शाखासहित लक्ष्मी बैंकको शाखा सञ्जाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखारहित बैंकिङ सेवा र ४ सयभन्दा बढी मोबाइल एजेन्ट पुगेको छ ।
यी शाखाका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको पनि विज्ञप्तिमा छ । बैंकले इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति लिएको पनि विज्ञप्तिमा छ ।
आव २०७३/७४ मा ५९ दशमलव ३२ अर्ब निक्षेप र ५२ दशमलव ७३ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७० दशमलव ९० अर्ब रहेको छ । सोही आवमा बैंकले १ सय करोडको हाराहारीमा खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत बढी हो ।
बैंकले साना व्यवसाय कर्जा र व्यावसायिक कृषि क्षेत्रमा केन्द्रित रहेको जनाएको छ । देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकलाई सरल रूपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरूको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा पनि बैंकले गरेको छ ।
प्रकाशित समय ०७:०० बजे

















