गृहपृष्ठ सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट कार्यक्रम

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट कार्यक्रम

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिल्स प्रालिले नारायणघाट र टाँढीमा भवन निर्माण कार्यमा संलग्न वरिष्ठ प्राविधिकलाई लक्षित गरी कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले सिमेन्टको खपत कम गर्ने सम्बन्धमा जानकारी गराइएको थियो ।
उक्त भेलामा नारायण्घाट ¬१७५ जना, टाँढी, पर्सा १५८ जना जति ठेकेदारको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ । अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योगले ग्रिन सर्वाेत्तम ओपीसी र ग्रिन पीएससी नामक ब्रान्डका सिमेन्ट मुुलुकभर बिक्रीवितरण गरिरहेको छ ।
उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४ हजार ५०० सेमीसम्म रहेको कम्पनीले जनाएको छ । सर्वोत्तम सिमेन्टले कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोल प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरूपता प्रदान गर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग भएको दाबी गरेको छ ।
सर्वोत्तम समेन्टको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन रहेको र आगामी दिनमा ६० हजार बोरासम्मको क्षमता बढाउने लक्ष्य राखेको छ ।

प्रकाशित समय ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु