गृहपृष्ठ सिटिजन्स बैंकका ६ शाखा विस्तार

सिटिजन्स बैंकका ६ शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ वटा शाखा विस्तार गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गरी कुल ६ वटा शाखा सञ्चालनमा ल्याएका हुन् ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बंैकले थप ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
संघीयतालाई दह्रो र सहज बनाउन बैंकले चालू आवमै पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहिहुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुलीमा शाखा सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमै बैंकले प्यूठानको झिमरुक, पूर्वरुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए ।
बैंकले ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ एकाइबाट करिव तीन लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको दाबी गरेको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकासुरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु