गृहपृष्ठ तेह्रथुमको बसन्तपुरमा एनसीसी बैंक

तेह्रथुमको बसन्तपुरमा एनसीसी बैंक

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित बसन्तपुर शाखा कार्यालय विस्तार गरेको छ ।
सो कार्यालयको बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्घाटन गरेका हुन् । सो अवसरमा न्यौपानेले लालीगुराँस नेपालको पहिचान भएजस्तै एनसीसी बैंकको बसन्तपुर शाखाले पनि यस लालीगुराँस नगरपालिकामा प्रभाव जमाउने विश्वास दिलाए ।
कार्यक्रममा लालीगुराँस नगरपालिका–२ का अध्यक्ष रुद्र लिम्बू, बसन्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर सुवेदी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य शभा पौडेल र लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद धितालले बैंकले शाखा स्थापना गरेकोमा खुसी व्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बसन्तपुर शाखाले सर्वशुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास दिलाए ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु