गृहपृष्ठ महालक्ष्मी र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता
महालक्ष्मी र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले सिटिजन लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई जीवन तथा निर्जीवनको बिमा सेवा दिने उद्देश्यले बैंकासुरेन्स सेवा सुरु गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि ग्राहकले बैंकबाट उक्त कम्पनीको जीवन बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०८:२० बजे

















