गृहपृष्ठ कुकुरले चढ्यो वरुण हिमाल (फोटो फिचर)
कुकुरले चढ्यो वरुण हिमाल (फोटो फिचर)
सामान्य मानिसहरूका लागि समेत हिमाल चढ्न निकै गाह्रो मानिन्छ, तर एउटा कुकुरले ७००० मिटर अग्लो वरुण हिमाल चढेर विश्वभरिका मानिसहरूलाई आश्चर्यचकित पारिदिएको छ । पर्वतारोहीहरूका टोलीलात्त पच्छाउँदै गएको आवारा कुकुरले टोलीसँगै हिमाल आरोहण गरेपछि अहिले माउन्टेन गाइड काजी शेर्पाले त्यसलाई पालेका छन् ।
काठमाडौंस्थित समीट क्लाइम्ब एक्सपेडिसनमार्फत गएको डन वार्गोस्कीले नेतृत्व गरेको आरोहण टोलीसँगै उक्त कुकुर वरुणत्से हिमालको शिखरमा पुगेको हो। हालसम्म शेर्पाहरूले पालेको भोटे कुकुर सगरमाथाका आधार शिविर र त्यहाँबाट कहिलेकाँही दोस्रो समीट (समीट टू)सम्म पुगे पनि शिखर नै आरोहणका यो पहिलो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
सुरूमा मिरा नाम राखिएको उक्त कुकुरले वरुणत्से आरोहण गरेपछि अहिले त्यसको नाम बरु राखिएको छ । उक्त कुकुर आरोहीहरूसँगै २ दिनसम्म हिमालका शिखर चढ्न र झर्नमा व्यस्त थियो । आरोहीहरूसँग कुकुर यति रतियो कि ऊ चिसो हिउँसँग अलिकता पनि अतालिएन, बरु आरोहीहरूसँगै उनीहरूका टेन्टमा बस्यो, डोरीमा झुन्डियो अनि हिमाल आरोहण गरिछाड्यो ।
कुकुरको शिखर आरोहण फोटो फिचरमा

प्रकाशित समय १६:५० बजे

















