गृहपृष्ठ एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा
एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा
एनआईसी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिका–४ मा नयाँ शाखा खोलेको छ ।
शाखाकोे गोलबजार नगरपालिका प्रमुख देवनाथ शाहले बिहीवार उद्घाटन गरे । नगर प्रमुख शाहले दुर्गम तथा ग्रामिण भेगमा आफ्नो उपस्थिति जनाएको भन्दै बैंकको प्रशंसा गरे । यो सँगै बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालय भएको छ । २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकले सेवा दिँदै आएको छ ।
प्रकाशित समय ०९:२२ बजे

















