गृहपृष्ठ महोत्तरीको बर्दिवासमा कामना सेवाको ७३औँ शाखा
महोत्तरीको बर्दिवासमा कामना सेवाको ७३औँ शाखा
कामना सेवा विकास बैंकले महोत्तरीको बर्दिबास नगरपालिका‑१ मा ७३औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बिहीबार संयुक्त रुपमा नयाँ शाखाबाट कारोबार सुरू गरेका छन् ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्थानीय व्यापारी व्यवसायीलगायतको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश २ मा बैंकका ६ वटा शाखा कार्यालय भएको र थप शाखा पनि शीघ्र सञ्चालनमा आउने जानकारी दिए ।
प्रकाशित समय १०:११ बजे

















