गृहपृष्ठ डेभलपमेन्ट बैंकर्स संघको कार्यबाहक अध्यक्षमा गोविन्दप्रसाद ढकाल
डेभलपमेन्ट बैंकर्स संघको कार्यबाहक अध्यक्षमा गोविन्दप्रसाद ढकाल
काठमाडौं- डेभलपमेन्ट बैंकर्स एसोसिएसनको १२औं साधारणसभाले संघ कार्यबाहक अध्यक्षमा गोविन्दप्रसाद ढकाललाई नियुक्त गरेको छ । भरत ढकालले मुक्तिनाथ विकास बैंक छाडेपछि गोविन्दलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । गोविन्द गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंक छाडेसँगै संघ पनि छाड्नुपर्ने भएकाले गोविन्दप्रसादलार्इ कार्यबाहकको जिम्मेवारी दिइएको हो । उनी संघमा प्रथम उपाध्यक्ष थिए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको महासचिवमा मुक्तिनाथका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई चयन गरिएको छ । त्यसैगरी कार्यकारी सदस्यको जिम्मेवारी ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई दिइएको छ ।
प्रकाशित समय १५:३६ बजे

















