गृहपृष्ठ नेपाल बैंकबाट बिदा भए देवेन्द्रप्रताप शाह
नेपाल बैंकबाट बिदा भए देवेन्द्रप्रताप शाह
पाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्रप्रताप शाहले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेका शाहले चैत ११ गतेबाट अवकाश पाएका नेपाल बैंकले जनाएको छ ।
विक्रम सम्बत २०२९ सालमा शाह कृषि विकास बैंकमा सेक्सन अफिसरको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । झण्डै ३० वर्ष उनले कृषि विकास बैंकमा बिताएपछि उनी बिमा कम्पनीहरुको नियामक बीमा समितिमा डेढ वर्ष काम गरेका थिए । त्यसपछि उनी नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।
नेपाल बैंकमा आएपछि उनी आफूलाई एक सफल बैंकर्स तथा कुशल व्यवस्थापकको रुपमा स्थापित गराउन सफल भएका छन् । केही वर्षअघिसम्म ‘रोगी’ भनेर चिनिएको नेपाल बैंकलाई उनले ‘स्वस्थ’ बनाइदिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत शाहले अवकाश पाएपछि नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।
उनको बारेमा थप
बैंकिङ बजारका ‘साहित्यकार’ सीईओ
प्रकाशित समय १३:४४ बजे

















