गृहपृष्ठ माछापुच्छ्रे बैंकले खोल्यो एकैपटक १० नयाँ शाखा
माछापुच्छ्रे बैंकले खोल्यो एकैपटक १० नयाँ शाखा
काठमाडौं– माछापुच्छ्रे बैंकले एकैपटक १० वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले खोटाङको हलेसी, धनुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा शाखा विस्तार गरेको हो ।
खोटाङको हलेसी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरेका छन् भने धनुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ र नगरका मेयर रामबाबु यादवले संयुक्त रुपमा गरे । झापाको बाह्रदशी शाखाको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले गरे ।
नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकामा शाखा स्थापना गरेको जनाएको छ । नयाँ शाखामार्फत बैंकले कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरेको छ । साथै, हलेसी र गणेशमान चारनाथ शाखामा एटिएम सुविधासमेत उपलब्ध गराएको बैंकले जनाएको छ । हाल बैंकले ७४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १९ शाखारहित बैंकिङबाट सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ८८ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय १३:३६ बजे

















