गृहपृष्ठ सत्प्रयास वृद्वाश्रमलाई कैलाश बैंकको सहयोग
सत्प्रयास वृद्वाश्रमलाई कैलाश बैंकको सहयोग
काठमाडाैं- कैलाश विकास बैंकले काठमाडौंको टेकु पचली भैरवस्थित सत्प्रयास वृद्धाश्रमलाई बैंकको तर्फबाट २४ थान कुर्सी र एक थान ठूलो त्रिपाल सहयोग गरेको छ ।
बैंकका सिनियर एक्जिक्युटिभ कृष्णगोपाल मानन्धरले एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बैंकको सामाजिक उतरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा सत्प्रयास वृद्धाश्रमका संरक्षक रघुवीर राजभण्डारी, वृद्धाश्रमका वृद्धा आमा कुन्ती कर्माचार्य संस्थाका अध्यक्ष विष्णुदेवी राजभण्डारीले कैलाश विकास बैंकको यो सहयोगले वृद्धाश्रमका वृद्धवृद्धा लाभान्वित हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०८:३५ बजे

















