गृहपृष्ठ ग्लोबल आईएमईको चार शाखारहित बैंकिङ सेवा विस्तार

ग्लोबल आईएमईको चार शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं- ग्लोबल आईएमई बैंकले चारवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिका–१०, चारांगेमा ८०औं, गुल्मीको छत्रकोट गाउँपालिका–३, हार्दिनेटामा ८१औं, सोही गाँउपालिकाकै वडा नम्बर ५ भेदुवामा ८२औं र गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका–२ हटियामा ८३औं शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटीएम, चारवटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८३ वटा शाखारहित बैंकिङ सेवा र तीन प्रतिनिधि/सम्पर्क कार्यालयमाफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु