गृहपृष्ठ सिभिल बैंकले जाजरकोटको शिवालयमा शाखा खोल्यो

सिभिल बैंकले जाजरकोटको शिवालयमा शाखा खोल्यो

civil-bank-newskarobar

सिभिल बैंकले जाजरकोटको शिवालय गाउँपालिकामा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रदेश सांसद शाहीका साथै सिभिल बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मालगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका सांसद शाहीले ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने बताए । कार्यक्रममा सिभिल बैंकका माइक्रो बैंकिङ प्रमुख गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेकाले सिभिल बैंकले दुर्गम क्षेत्रमा शाखा स्थापना गरेको स्पष्ट पारे ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु