गृहपृष्ठ एनआईसी एशियाले कृषि तथा पर्यटन व्यवसाय कर्जा ल्यायो
एनआईसी एशियाले कृषि तथा पर्यटन व्यवसाय कर्जा ल्यायो
काठमाडौं । कृषि तथा पर्यटन क्षेत्रकाे विकासका लागी एनआईसी एशिया बैंकले हालै ‘कृषि ’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिन बैंकले यो योजना ल्याएको हाे । कृषि तथा व्यवसाय बृद्धिमा यस योजनाले थप टेवा पुर्याउने विश्वास लिएको छ ।
कृषि उद्यमीलाई ५ प्रतिशत व्याज अनुदानको लागि सरकारको नीति बमोजिम मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने छ । उद्यमीलाई व्यवसाय विस्तारमा फाइदा हुंने र मुलुकमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको र यसबाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ ।
प्रकाशित समय १४:३७ बजे

















