गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुंगाअड्डामा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुंगाअड्डामा

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुंगाअड्डामा शाखा स्थापना गरेको छ । बैंकको नयाँ शाखाको शुक्रबार चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

शाखा उद्घाटन गर्दै प्रमुख गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रान्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), चन्द्रागिरि नगरपालिका–१५ का अध्यक्ष उत्तमबहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यलगायत एवं स्थानीयबासी, व्यापारी, कर्मचारी र समाजसेवी पनि उपस्थिति थियो ।

कार्यक्रमका सञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारे जानकारी गराएका थिए । मुक्तिनाथ विकास बैंकले देशभरका ११४ शाखा र २२ एटीएममार्फत ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु