गृहपृष्ठ नेसनल लाइफलार्इ ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

नेसनल लाइफलार्इ ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेसनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति प्रदान गरेको छ । बोर्डले शुक्रबार ९९ करोड ३६ लाख रुपैयाँबराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद बिक्रीका लागि कम्पनीले एस क्यापिटललार्इ सेयर बिक्री प्रबन्धक तोकेको छ । इन्स्योरेन्सले चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ छ । ६० प्रतिशत हकप्रदपश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड नाघ्नेछ ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु