गृहपृष्ठ एनआईसी एशिया बैंकका एकै दिन थप ३ शाखा
एनआईसी एशिया बैंकका एकै दिन थप ३ शाखा
एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा गरी एकै दिन थप नयाँ शाखा खोलेको छ ।
काठमाडौं उपत्यकामा मध्यपुर ठिमी नगरपालिकाको राधेराधे शाखाको सोहि वडाका वडाअध्यक्ष अमृतमान श्रेष्ठ, चागँुनारायण नगरपालिकाको दुवाकोटमा खोलिएको शाखाको सोही वडाका वडाध्यक्ष शिवहरि केसीले र पर्साको जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरे । बैंकले बुधबार मत्रै ५ नयाँ शाखा संचालनमा ल्याएको थियो । बैंकमा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ्ग ईकाई छन् ।
प्रकाशित समय १९:३७ बजे

















