गृहपृष्ठ सिद्धार्थ बैंकको नाफा डेढ अर्ब नाघ्यो

सिद्धार्थ बैंकको नाफा डेढ अर्ब नाघ्यो

siddhartha_bank-newskarobar

सिद्धार्थ बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा १ अर्ब ५९ करोड २९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३८ करोड ६ लाख रुपियाँ मात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा यस अवधिको बैंकको नाफा १५ दशमलव ३७ प्रतिशतले बढीे देखिएको हो ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्ममा १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख रुपियाँ कर्जामा लगानी गरेको छ। यस अवधिमा १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख रुपियाँ संकलन गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी २४ रुपियाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६२ रुपियाँ ७५ पैसा, तरलता अनुपात २१ दशमलव ७७ प्रतिशत रहेको छ । आधार ब्याजदर १० दशमलव ३७ प्रतिशत र कोषको लागत ७ दशमलव ५४ प्रतिशत रहेको छ ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु