गृहपृष्ठ धनुषा र सिराहामा नेपाल बंगलादेश बैक
धनुषा र सिराहामा नेपाल बंगलादेश बैक
काठमाडौं- नेपाल बंगलादेश बैंकले धुनुषा र सिराहामा शाखा विस्तार गरेको छ । यो बैकको ६८ र ६९औं शाखा हो ।
बैंकले धनुषाको धनौजी र सिराहाको अर्नमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैकिग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।
यी शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।
धनौजी र अर्नमा शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको पनि बैकले जनाएको छ ।
प्रकाशित समय ०९:४१ बजे

















