गृहपृष्ठ बजाज डोमिनार मोटोग्राफी

बजाज डोमिनार मोटोग्राफी

काठमाडौं- हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ ।
बजाजले मुलुकभर रहेका डोमिनार चालक मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । बजाजले डोमिनार ४०० का ११ जनालाई शाहसी चालक छनोट गरेर डोमिनार ४०० संग यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको छ ।
यो यात्रा २० मेबाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ । चालकको लागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
हंशराज कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा साहसी एवं निडर ११ जना डोमिनार चालकलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा खुशी लागेको बताए ।
डोमिनार मोटोग्राफीले नेपाल र चीन बीच रोमाञ्चकता, नदेखिएका र चर्चामा नआएका दुबै देशका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरेको पनि बताएको छ ।

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु