गृहपृष्ठ गरिमा विकास बैंकको वीरगन्जमा नयाँ शाखा स्थापना
गरिमा विकास बैंकको वीरगन्जमा नयाँ शाखा स्थापना
गरिमा विकास बैंकले वीरगन्जमा शाखा कार्यालय स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले बुधबार गरेका छन् ।
कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगन्जमा आफ्नो उपस्थिति जनाएको र वीरगन्ज शाखाबाट समेत देशका अन्य शाखाबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक राजनविक्रम थापा, वीरगन्ज नगरपालिका–८ का अध्यक्ष राजकिशोर गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालगायतले धारणा राखेका थिए ।
प्रकाशित समय १८:३३ बजे

















