गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंक र आर्इएफसीबीच कर्जा सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र आर्इएफसीबीच कर्जा सम्झौता

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आर्इएफसी) बीच कर्जा सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आर्इएफसीका तर्फबाट आवासीय प्रतिनिधि एमरेहान रसिदले हस्ताक्षर गरे । सम्झौतासँगै नेपाल इन्भेष्टमेण्ट बैंकले आर्इएफसीबाट कर्जा लिन पाउनेछ । आर्इएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । नेपाल इन्भेष्टमेण्ट बैंक र आर्इएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका छन् ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु