गृहपृष्ठ जनता बैंकका थप ५ शाखा
जनता बैंकका थप ५ शाखा
जनता बैंकले थप नयाँ ५ वटा शाखा खोलेको छ । जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरेको हो ।
गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्ड शाखा, नौकुण्ड गा.पा. २, रसुवा, दोरम्बा शाखा, दोरम्बा गा.पा. ३, रामेछाप, तातोपानी शाखा, तातोपानी गा.पा. ३, जुम्ला र कालिकास्थान शाखा, कालिका गा.पा. २, रसुवामा बैंकले शाखा खोलेको हो ।
यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय ०९:५८ बजे