गृहपृष्ठ मुक्तिनाथ बैंकको व्यावसायिक साक्षरता तालिममा ४२ व्यवसायी सहभागी

मुक्तिनाथ बैंकको व्यावसायिक साक्षरता तालिममा ४२ व्यवसायी सहभागी

muktinath-business-literacy-newskarobar

मुक्तिनाथ विकास बैंकले ग्राहकलक्षित व्यावसायिक साक्षरता तालिम आयोजना गरेको छ ।
ग्राहकलाई व्यवसाय सञ्चालन गर्न आवश्यक आधारभूत तत्वबारे जानकारी गराउने उद्देश्यले बैंकले ‘आजको आवश्यकता, ग्राहकहरुमा व्यावसायिक साक्षरता’ भन्ने मूल आशयले एकदिने साक्षरता तालिम आयोजना गरेको हो ।

तालिममा व्यवसाय छनोट, व्यावसायिक योजना, वस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरिका एवं रणनीति, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्य अभिवृद्धि कर, उद्यमशीलतालगायत विषयवस्तु समावेश गरिएको थियो । तालिममा ४२ व्यवसायीले सहभागिता जनाएको बैंकले जनाएको छ ।

तालिममा सहभागी व्यवसायीले बैंकको व्यावसायिक साक्षरता कार्यक्रम फलदायी भएको टिप्पणी गरेका छन् । यस्ता कार्यक्रमले व्यावसायिक चेतना र वित्तीय ज्ञान बढाउने उनीहरुले बताए । बैंकले आयोजना गरेको तालिमलाई बैंकिङ ट्रेनिङ इन्स्टिच्युट काठमाडौंले सहजीकरण गरेको थियो ।

मुक्तिनाथ विकास बैंकले देशभरका ११९ शाखा र २२ एटिएममार्फत ६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरेको छ । बैंकबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालैमात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु