गृहपृष्ठ एनसीसी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा विशेष छुट
एनसीसी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा विशेष छुट
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ग्रान्डी अस्पतालका मार्केटिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ग्रान्डी अस्पतालका सेवामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय २२:२३ बजे

















