गृहपृष्ठ आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

IME-Pay-muktinath-newskarobar

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित समय २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु