गृहपृष्ठ सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा

सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा

सिद्धार्थ बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा विस्तार गरेको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक उद्घाटन गरेका हुन् । ग्रामिण क्षेत्र र सबै वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् सेवा दिँदै आएको छ ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु