गृहपृष्ठ लुम्बिनी विकास बैंकका अध्यक्षले लिए शपथग्रहण
लुम्बिनी विकास बैंकका अध्यक्षले लिए शपथग्रहण
काठमाडौं- लुम्बिनी विकास बैंक लि. को संचालक समितिका नवनियुक्त अध्यक्ष अशोकराज पाण्डेले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शिवाकोटीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम शपथ ग्रहण लिएका हुन् ।
क्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, उप निर्देशक निर्मल कार्की, लुम्बिनी विकास बैंक लि. संचालक समितिका सदस्य राजेश कुमार अग्रवाल, का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।
प्रकाशित समय ०९:४९ बजे

















