गृहपृष्ठ नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता
नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता
नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्डबापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब र सदस्यमात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहने विश्वास व्यक्त गरे । साथै, लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सराहना गर्दै यसको फाइदा लिन सबै लायन्स सदस्यलाई आग्रहसमेत गरे ।
प्रकाशित समय १५:४१ बजे

















