गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको एकसाथ ६ शाखा स्थापना

मुक्तिनाथ विकास बैंकको एकसाथ ६ शाखा स्थापना

Imadole-muktinathbank-newskarobar इमाडोल शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल ।

आधुनिक बैंकिङ र लघु बैंकिङ सेवा एकसाथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले एकै पटक थप ६ वटा शाखा स्थापना गरेको छ । बैंकले उपत्यकामा चार तथा मोफसलमा दुईवटा शाखा खोलेको हो ।

बैंकले काठमाडौंको टोखा तथा कीर्तिपुर, ललितपुरको बाडेगाउँ तथा इमाडोल, गोरखा र गुल्मीको तम्घासमा शाखा कार्यालय विस्तार गरेको छ । टोखा शाखाको उद्घाटन टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले गरेका छन् । शाखा कार्यालय उद्घाटन गर्दै अधिकारीले बैंकको प्रगतिको कामना तथा बैंकिङ व्यवसाय प्रवर्धनको शुभकामना दिए ।

Tokha-muktinathbank-newskarobar
टोखा शाखा उद्घाटन टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी ।

कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले गरे । शाखा कार्यालय उद्घाटन गर्दै महर्जनले बैंकले स-साना उद्यम गर्ने व्यवसायीका साथै ठूल्ठूला उद्योगपतिलाई पनि सहज र सरल सेवा प्रदान गर्नुपर्ने बताए ।

Kirtipur-muktinathbank-newskarobar
कीर्तिपुर शाखा उद्घाटन कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन ।

त्यस्तै, बाडेगाउँ शाखाको उद्घाटन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गरेका छन् । शाखा कार्यालय उद्घाटन गर्दै महर्जनले जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको र आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु–याउने विश्वास व्यक्त गरे ।

Badegaun-muktinathbank-newskarobar
बाडेगाउँ शाखा उद्घाटन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ।

इमाडोल शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले मुक्तिनाथ विकास बैक आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु-याउन सफल बन्नुपर्ने बताए ।

Gorkha-muktinathbank-newskarobar
गोरखा शाखा उद्घाटन गोरखा नगरपालिका प्रमुख राजनराज पन्त ।

गोरखा शाखाको उद्घाटन गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले गरे । उनले पनि बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रवर्धनमा अझै अग्रसर हुन सुझाव दिए । तम्घास शाखाको उद्घाटन गर्दै रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बैंकिङ व्यवसाय प्रवर्धनका लागि शुभकामना व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक सेयरधनी, स्थानीय नागरिक, व्यापारी, कर्मचारी, समाजसेवीलगायतको उपस्थिति थियो ।

यससँगै देशभर मुक्तिनाथ विकास बैंकका ११९ वटा शाखा पुगेका छन् । बैंकले ११९ शाखा र २५ वटा एटिएममार्फत ६ लाख ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बंैकिङ सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै, बैंकले देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु