गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच भुक्तानी सम्झौता

मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच भुक्तानी सम्झौता

Muktinath-Bikas-Bank-Khalti-partnership-newskarobar

मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका निर्देशक ध्रुव अधिकारीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा खल्तीका व्यापार विकास अधिकृत आदित्य थापा र मुक्तिनाथ विकास बैंकका डिजिटल बैंकिङ शाखा प्रमुख राजेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । सम्झौताअनुसार अब मुक्तिनाथका ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापछि मुक्तिनाथका नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले प्रविधिको प्रयोग गरेर मानिसका विभिन्न बैंकिङ तथा वित्तीय समस्या समाधान गर्न खोजिरहेको बताए । ‘खल्ती वालेटसँग सहकार्य गरी ग्राहकमाझ खल्तीको सजिलो मोबाइल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ,’ उनले भने, ‘यसबाट हामी दैनिक कारोबारलाई डिजिटलाइज गर्न एक कदम अगाडि बढेको महसुस भएको छ ।’

त्यसैगरी खल्तीका निर्देशक अधिकारीले अब मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नु नपर्ने बताए । ‘मुक्तिनाथका ग्राहकले अब बैंकबाट सिधै खल्तीमा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ,’ उनले भने, ‘नगदबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरसिपसँगै हामीले नगदबिनाको नेपालका लागि एउटा अर्को पाइला अगाडि सारेका छौँ जस्तो लागेको छ ।’

सन् २०१७ जनावरी २६ बाट सुरू भएको खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा प्रिमियम भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटल रुम बुकिङ आदि गर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताको संख्या ८ लाखभन्दा धेरै छ ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु