गृहपृष्ठ दाङको लमहीमा सिभिल बैंकको शाखा स्थापना
दाङको लमहीमा सिभिल बैंकको शाखा स्थापना
सिभिल बैंकले दाङको लमहीमा शाखा स्थापना गरेको छ । नयाँ शाखाको लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले बिहीबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने बताए । गुणस्तरीय सेवा प्रवाहमा बैंकले ध्यान दिनुपर्ने उनको भनाइ छ । समृद्धिका लागि बैंकको नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम बैंकले अघि सारेको छ ।
कार्यकुममा प्रदेश ५ का बैंकका प्रमुख किरण धमलालगायतको उपस्थिति थियो । दाङको लमहीमा वाणिज्य र विकास बैंक गरी १७ वटा बैंकका शाखा स्थापना भइसकेका छन् ।
प्रकाशित समय १२:४२ बजे

















