गृहपृष्ठ नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

fncsi & rastriya banijya bank agreement-newskarobar

नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष गिरीले यो सहमतिले तल्लो तहका उद्यमीसम्म वित्तीय पहुँच पु-याउन सहज हुने बताए । त्यस्तै बैंकका सीईओ श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थासँग सरकारद्घारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सहयोग पु-याउने बताए ।

सहमतिअनुसार रावा बैंकले निर्धारण गरेको विधि र प्रक्रियामा महासंघले विभिन्न कर्जामा सदस्य उद्यमीलाई सहजीकरण गर्नेछ । सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत महिला उद्यमशीलता कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय कर्जा छन् भने नियमित कर्जाअन्तर्गत स्वच्छ वातावरणीय सवारी साधन कर्जा र लघु, घरेलु तथा साना उद्योग कर्जा छन् ।

करिब ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समितिअन्तर्गत ११ हजारभन्दा बढी महिला उद्यमी रहेको र २४ वटा वस्तुगत संघसमेतको गणना गर्दा झन्डै अर्को एक लाख उद्यमी सदस्य छन् ।

प्रकाशित समय २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु