गृहपृष्ठ जनता बैंकले खाेल्याे चितवनकाे भण्डारामा ११६ अाैं शाखा

जनता बैंकले खाेल्याे चितवनकाे भण्डारामा ११६ अाैं शाखा

काठमाडाैं-जनता बैंक नयाँ शाखा चितवनको भण्डाराबाट कारोवार सुरु गरेको छ।

शाखा कार्यालय संचालनमा आएसँगै पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका सर्वसाधारणले आधुनिक बैंकिङ्ग तथा रेमिट्यान्सको सेवा लिन सक्नेछन्। पूर्व पश्चिम राजमार्ग भएर ओहोर दोहोर गर्ने ग्राहकलाई यसले सहजता हुने बैंकको विश्वास छ।

योसँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन्। देशभर शाखा सञ्जाल ११६ पुगेको छ। बैंकले ४० शाखा रहित बैंकिङ्ग सेवा, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवाप्रदान गर्दै आएको छ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु