गृहपृष्ठ घाटामा ग्लोबल आईएमई सम्मुनत योजना

घाटामा ग्लोबल आईएमई सम्मुनत योजना

काठमाडौं- ग्लोबल आईएमई सम्मुनत योजना १ को खुद सम्पत्ति ऋणात्मक भएको छ । ग्लोबल आईएमई बैंक प्रवद्र्धक र ग्लोबल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको म्युचअल फण्ड योजनाको खुदसम्पत्ति घटेर ९ रुपैयाँ ३२ पैसामा झरेको छ ।

१ अर्ब रुपैयाँको योजनाको आकार पनि घटेर ९३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । सम्मुनत योजनाको ईकाई मूल्य १० रुपैयाँ रहेको छ । अघिल्लो महिना खुदसम्पत्ति प्रति इकाई ८ रुपैयाँ ७९ पैसा मात्र थियो । नाफा घटेपछि यसको असर खुद सम्पत्ति ऋणात्मक भएको हो ।

गत वैशाखसम्म योजना १ करोड ४९ लाख २५ हजार नोक्सानमा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा सम्मुनत योजनाको कुल आम्दानी ४७ लाख ६० हजार रुपैयाँ मात्र छ । बैशाखसम्म खर्च १ करोड ९६ लाख रुपैयाँ रहेको ग्लोबलले जनाएको छ । राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी नगर्दा यसको असर आम्दानीमा परेको हो ।

सम्मुनत योजनाले ३ वटा वाणिज्य बैंकको संस्थापक सेयर १९ वटा बैंकको साधारण सेयरमा लगानी गरेको छ । यस्तै १६ वटा विकास बैंक, २५ लघुवित्त, ५ फाइनान्स कम्पनी, ७ जलविद्युत, ७ जीवन बीमा कम्पनी, ९ निर्जीवन बीमा कम्पनी, २ वटा होटल, ६ वटा म्युचअल फण्ड र युनिलिभर नेपाल लिमिटेडका साथै जलविद्युत लगानी विकास कम्पनी लिमिटेड, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड र नागरिक लगानी कोषमा पनि लगानी भएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु