गृहपृष्ठ एनआइसी एशियाको १ अर्ब ७६ करोडबराबरको ऋणपत्र साउन ६ गते

एनआइसी एशियाको १ अर्ब ७६ करोडबराबरको ऋणपत्र साउन ६ गते

nic-asia-bank-newskarobar

एनआइसी एशिया बैंकको प्रतिकित्ता १००० अंकित १ अर्ब ७६ करोड रुपैयाँबराबरको १७ लाख ६० हजार कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘एनआइसी एशिया डिबेन्चर २०८३/८४’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्ता आवेदन गर्न मिल्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुनेछ । ७ वर्ष अवधि तोकिएको उक्त ऋणपत्र २०८३ मा परिपक्व हुनेछ । लगानीकर्ताले १०.२५ प्रतिशतबराबरको ब्याजदर प्राप्त गर्नेछन् ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु