गृहपृष्ठ ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता
ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता
ग्लोबल आइएमई बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सहायक महाप्रबन्धक रेग्मीले विगतदेखि नै ग्लोबल आइएमई बैंक र फलफूल व्यवसायीबीच सुमधुर सम्बन्ध रहेकोमा यो सम्झौताले सामीप्य अझ बढ्ने विश्वास व्यक्त गरे । सम्झौतापछि संघ/संस्थामा आबद्ध व्यवसायीले सस्तो, सरल तथा सुलभ ब्याजदरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकाले भरपुर फाइदा लिन आग्रह गरे ।
सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थामा आबद्ध करिब ७ सय फलफूल तथा तरकारी व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रकाशित समय २१:१४ बजे

















