गृहपृष्ठ एभरेस्ट बैंकद्वारा सिरहाका बाढीपीडितलाई राहत वितरण

एभरेस्ट बैंकद्वारा सिरहाका बाढीपीडितलाई राहत वितरण

everest bank newskarobar

एभरेष्ट बैंकले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । बैंकले सिरहा पटेर्वाका बाढीपीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल ब्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री वितरण गरेको हो ।

‘सर्भिस विथ स्माइल’ नारासहित एभरेस्ट बैंकले सधैं ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आइरहेको छ । ईबीएल सदैव सामाजिक जिम्मेवारीमा सक्रिय रहेको र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्राहकलाई लाभ हुने विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेन्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्षक सोम गुरुङलगायतको उपस्थिति थियो । सो रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरिनेछ ।

एभरेस्ट बैंकका देशभर १० लाखभन्दा बढी ग्राहक छन् । हालैको क्यामेल्स रेटिङमा बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल एभरेस्ट बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२० एटीएम तथा बृहत बाह्य सन्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु