गृहपृष्ठ प्रभु बैंक र युके एडको सक्षमबीच सम्झौता

प्रभु बैंक र युके एडको सक्षमबीच सम्झौता

prabhu-bank-newskarobar

प्रभु बैंक लिमिटेड र युके एडको सक्षम, वित्तीय पहुँचबीच परियोजना सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सक्षमको च्यालेन्ज फण्डअन्तर्गत परियोजना सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । बुधबार काठमाडौंमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टिम लिडर निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो परियोजनाको मुख्य उद्देश्य दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको वृद्धि र संरक्षणका लागि वित्तीय पहुँच पुर्याउन रहेको बताइएको छ ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु