गृहपृष्ठ नेपाल बैंकमा ५६३ जनालाई रोजगारीको अवसर

नेपाल बैंकमा ५६३ जनालाई रोजगारीको अवसर

असोज १९ सम्म आवेदन दिन पाइने

nepal-bank-newskarobar

नेपाल बैंकले विभिन्न पदका लागि ५६३ जना कर्मचारी माग गरेको छ । बैंकले छैटौं तहदेखि तेस्रो तहसम्म देशभरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

सहायक प्रबन्धक पदका लागि १२६ जना कर्मचारी माग गरिएको छ, जसमा १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरिएको छ । केन्द्रीय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरिएको छ ।

छैटौं तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नुपर्नेछ । चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सीए/एसीसीए उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

बैंकले प्रदेश स्तरका शाखा कार्यालयका लागि ४२२ जना कर्मचारी माग गरेको छ । चौथो तहका लागि पाँचै प्रदेशमा गरेर ३५२ जना कर्मचारी माग गरिएको छ । चौथो तहका न्यूनतम स्नातक गरेको हुनुपर्छ ।

तेस्रो तहमा सबै प्रदेशमा गरी ७० जना कर्मचारी माग गरिएको छ । यो पदका लागि आवेदन दिन प्लस टु उत्तीर्ण गरेको हुनुपर्छ । प्रदेश स्तरका शाखा कार्यालयमा छनौट भएका कर्मचारीले ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ । योग्यता पुगेका आवेदकले असोज १९ गतेसम्म अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु