गृहपृष्ठ चितवनको कुरिनटारमा प्रभु बैंकको शाखा
चितवनको कुरिनटारमा प्रभु बैंकको शाखा
प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको १९६औं शाखा कार्यालयको सोमबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गरेकी छन् ।
शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत सर्वसाधारणको उपस्थिति थियो ।
प्रकाशित समय १५:५९ बजे

















