गृहपृष्ठ ग्लोबल आइएमईमा गैर आवासीय नेपालीले पनि खाता खोल्ने सक्ने

ग्लोबल आइएमईमा गैर आवासीय नेपालीले पनि खाता खोल्ने सक्ने

global-ime-bank-newskarobar

गैर आवासीय नेपाली(एनआरएनए)लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताको सुरुवात गरेको छ ।

चार नयाँ खातामा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता छन् । एनआरएन एफसीवाई बचत खाता अमेरिकी डलरमा खोल्न सकिने र मुद्दति निक्षेपमा वार्षिक ४ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । नेपाली मुद्रामा खोलिने एनआरएन एलसीवाई मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज दिइने बैंकले जनाएको छ ।

क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने ग्लोबल आइएमई बैंकले जनाएको छ । खाता अनलाइनबाट पनि खोल्न मिल्ने बनाइएको छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीनवर्षसम्मको अवधिको हुनेछ ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु