गृहपृष्ठ राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी (विज्ञापनसहित)
राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी (विज्ञापनसहित)
नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि २८ जना, लेखा र लेखापरीक्षणतर्फ सहायक निर्देशक पदका लागि ८ जना र सहायक द्वितीय स्तरका ३१ जना कर्मचारीका लागि खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि आह्वान गरिएको हो ।
बैंकले आन्तरिकतर्फ ४२ पदका लागि आन्तरिक प्रतियोगिता तथा ७० जनाको कार्यक्षमता मूल्यांकन परीक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
प्रकाशित समय ११:४४ बजे


















