गृहपृष्ठ एनआईसी एशिया बैंक र लेगल रेमिटबीच सम्झौता
एनआईसी एशिया बैंक र लेगल रेमिटबीच सम्झौता
एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबारसमेत सुरु भएको छ । सम्झौतापश्चात अष्ट्रेलियादेखि लेगल रेमिटमार्फत पठाएको रकम एनआईसी बैंकबाट भुक्तानी लिन सकिने छ ।
विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लेगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा भएका उनीहरूका आफन्त वा अन्य व्यक्तिले एनआईसी बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, शाखारहित बैंकिङ इकाइ वा सहायक प्रतिनिधिमार्फत भुक्तानी लिन सक्नेछन् ।
प्रकाशित समय १६:४८ बजे

















