गृहपृष्ठ केक तथा विभिन्न उपहार किन्दा १० प्रतिशत नगद फिर्ता
केक तथा विभिन्न उपहार किन्दा १० प्रतिशत नगद फिर्ता
एन आई सी एशिया बैंकले अनलाइन डेलिभरीका माध्यमबाट आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते बिहीबार दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता दिने भएको छ । फुडमान्डु, ग्यापु मार्केट प्लेस तथा युजी केक्स मार्फत उपलब्ध हुने केक तथा उपहार खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र तीन अनलाइन डेलिभरी गर्ने संस्थाबीच समझदारी भएको हो ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकले नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकले घरमै बसी यसरी अनलाइनबाटै समान खरिद गर्न सहज होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्नेसमेत बनाएको छ ।
बैंकले लकडाउन आवधिभर दराज अनलाइनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना, फुडमान्डु तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्री खरिद गर्दा पनि खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ । साथै, ग्राहकले मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी नेपालभरका २ हजार ५०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित समय १०:२८ बजे

















