गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा बिमालेख खरिद गर्न अनलाइन सञ्चालन

एनआईसी एशिया बैंकद्वारा बिमालेख खरिद गर्न अनलाइन सञ्चालन

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले बिमालेख खरिदका लागि अनलाइन प्रणालीको सुरुवात गरेको छ । बिमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा एनआईसी एशिया बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/) सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोरोना भाइरस (कोभिड- १९)सम्बन्धी बीमालेख जारी गर्न थालिसकेको सन्दर्भमा अनलाइन प्रणाली सुरु गरिएको बैंकले जनाएको छ ।

‘यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बिमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । जसमार्फत बैंकको मोबाइल बैकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ वा ईन्टरनेट बैंकिङबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाइनबाटै बिमालेख खरिद गर्न सक्नेछन् । सहज तथा सरल बैकिङको अंगीकार गरेको यस बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तिको बेलामा सहज तरिकाले बिमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो,’ बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकका अनुसार कोरोना भाइरस बिमालेखमा दुई श्रेणीको बिमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बिमालेख १ लाख र दोस्रो श्रेणीको बिमालेख ५० हजार रुपैयाँ रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः १ हजार र ५ सय रुपैयाँ लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बिमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय र ३ सयमा यस्ता बिमांकहरू खरिद गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु